मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

दुलाहा दुलहीजस्तै देखिए केपी र वामदेव !

१९ माघ, काठमाडौं । संसदीय दलको नेताका लागि आपसमा लगनगाँठो कसेका नेकपा एमाले नेता केपी ओली र उपाध्यक्ष वामदेव गौतमले आइतबार दिउँसो यसलाई व्यहारबाटै पुष्टि गर्ने प्रयास गरे ।
व्यवस्थापिका संसदको बैठकमा एकसाथ पुगेका चलिरहेका बेला केपी र वामदेव दुबैजना नयाँ दुलाहा-दुलहीजस्तै मिलेर बाहिर निस्किए । संविधानसभा परिसरको चौरीमा न्यानो घाम लागिरहेको थियो । ओली र गौतम त्यही घाममा निकैबेर बसेर आपसमा गफिए । पार्टी अध्यक्ष झलनाथ खनालविरुद्ध गठबन्धन गरेको चर्चा चलिरहेका बेला ओली र गौतमको यो घाम तपाइले यो व्यवहारतः पुष्टि गरिरहेजस्तो देखिन्थ्यो ।
व्यवस्थापिका संसदको बैठकबाट बाहिरिएका ओली र गौतमलाई पत्रकारले एकैछिन् घेरा हालेर संसदीय दलको नेता छनोटमा के हुँदैछ कामरेड ? भन्ने जिज्ञासा राखेका थिए । जवाफमा ओलीले सर्वसम्मत गराउने प्रयास भैरहेको बताए भने सँगै उभिएका गौतम केही नबोली मुसुमुसु हाँसिरहेका थिए ।
ओली र गौतमले चौरीमा निकैबेर घाम तापे । वीचवीचमा चिनेजानेका मानिसले दुबैको एकान्त बसाइलाई अभिवादन गरे क्रममा ‘डिस्टर्ब’ गरेका थिए । लामोसमय सँगै बसेर दुई नेता एक भएको सन्देश दिइसकेपछि गौतम उठेर हिँडे भने ओली बाधा अड्काऊमा मतदानका लागि घण्टी बजेपछि संसद भवनभित्र पसे ।
ओलीलाई समर्थन गर्छु : वामदेव
उपाध्यक्ष वामदेव गौतमले भने संसदीय दलको नेतामा आफूले नेता केपी शर्मा ओलीलाई समर्थन गर्ने बताए । ‘संसदीय दलको नेतामा केपी ओली चयन अब पक्कापक्की भएको छ’ उनले भनेका छन् ।
आफूले अब हुने महाधिवेशनमा अध्यक्षमा समर्थन गर्न ओलीलाई भनेको भन्दै उपाध्यक्ष गौतमले भने-’यसबारे पछि छलफल गरौंला भन्नु भएको छ ।’ पार्टी अध्यक्ष झलनाथ खनालले आफू पार्टी अध्यक्ष नबन्ने भनेको भन्दै उनले अब संरक्षक बनेर बस्न सुझाव दिए ।
खनाल भन्छन्-केही फरक पर्दैन
एमालेका अध्यक्ष झलनाथ खनालले संसदीय दलको नेताबारे केन्द्रीय कमिटीले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् । संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले नेता केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमको गठवन्धनले पार्टी समिकरणमा कुनै असर नगर्ने समेत बताए ।
एमाले अध्यक्ष खनालले राष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्ने पार्टीको अडान कायमै रहेको समेत बताएका छन् । सहमतीय सरकार गठनको सम्भावना सकिएको भन्दै उनले अब बहुमतीय सरकार बन्ने बताए । ‘बहुमतीय सरकार गठन गर्दा सम्मानजनक स्थान नपाए हामी सरकारमा जाँदैनौं’ उनले भनेका छन् ।
ओलीलाई बाथको समस्या
एमाले वरिष्ठ नेता केपी ओलीलाई बाथले सताएको छ । चिसोमा बढी सताउने बाथले ओलीका हातहरु सुन्निएका छन् । मौरीले चिलेजस्तै सुन्निएको देखेपछि ओलीलाई पत्रकारले के भएको भनेर प्रश्न गर्दा उनले बाथको समस्याले यस्तो भएको बताए ।
(अनलाइनखबर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang