मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

श्रीमानलाई आफ्नै कपालबाट बुनेको स्वीटर उपहार(फोटो फिचर सहित)

 
पहिले–पहिले गाउँघरतिरका महिलाहरु आफ्नो परिवारलाई चाहिने स्वीटर लगायतका उनीका कपडा आफै बुन्थे । आजकल मेसिनको जमाना आयो र त्यो चलन हरायो ।
तर, चीनमा एक महिलाले उनीको हैन, आफ्नै कपालको प्रयोग गरी स्वीटर र टोपी बुनेर उपहार दिएकी छिन् । चोङकिङ निवासी यी अवकाशप्राप्त शिक्षिकाले आफ्ना १ लाख १६ हजार ५८ वटा रौैंको प्रयोग गरी स्वीटर बुनेकी छिन् । यसका लागि उनलाई ११ बर्ष लाग्यो ।
‘बैंसका बेला म चम्किलो लामो कपालका लागि प्रसिद्ध थिएँ’ आफ्ना यौवनकाल सम्झँदै ६० बर्षिय सियान रेनसियानले भनिन–‘जब म बढ्दै गयो, मलाई लाग्यो मेरो सौन्दर्यजस्तै यो पनि नासिएर जाँदैछ ।’
‘मैले यसलाई सम्हालेर राख्न चाहान्थेँ’ उनले डेलीमेलसँग भनिन–‘ र, आइडिया निकालेँ– श्रीमानका लागि केही सम्झनायोग्य चीज बनाइदिने ।’
३४ बर्षको उमेरदेखि उनको कपाल झर्न थालेको थियो । उनले ती कपाललाई एक–एक गरी जम्मा पारेर राखिन् । त्यसलाई के मा प्रयोग गर्ने भन्ने उनीसँग केही योजना थिएन् ।
४९ बर्षको उमेरमा अथार्त सन् २००३ मा उनलाई आइडिया आयो श्रीमानका लागि स्वीटर बुनिदिने । ‘पछिल्ला ११ बर्षमा मैले सवै कपालका रौं गनेँ र तीनलाई स्वीटर बुन्न प्रयोग गरिरहेँ ।’ उनी भन्छिन–‘ मैले १ लाख १६ हजार ५८ वटा रौं प्रयोग गरेर स्वीटर बनाएँ जसको तौल ३ सय ८२ दशमलव २ ग्राम छ ।’
आफ्नै कपालबाट उनले ११९ दशमलव ५ ग्रामको टोपी पनि बनाएकी छिन् । ‘जब मैले बुन्ने तरिका जानेँ, तब मलाई यो सवै गर्न कुनै कठिनाई भएन् ।’ उनी भन्छिन–‘यसका लागि मात्र धैर्यता चाहिन्छ र समय पनि ।’

‘यो स्वीटरले मेरो जवानी सम्झाइदिने छ, मैले र मेरा श्रीमान्ले बिताएका सुन्दर क्षणलाई बाँकी जीवनभर ताजा बनाइदिने छ’ उनले भनिन् ।
अब श्रीमानका लागि कट्टु बनाइदिने ? संचारकर्मीको प्रश्नमा उनले भनिन– ‘यो प्रोजेक्ट त सकियो, अब के बनाउने भनेर सोच्दै छु ।’(अनलाइनखबर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang