मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय समाचार

फोटो फिचर

भिडियो

समाचार

Wednesday, February 12, 2014

यौनसम्बन्ध राख्न नदिएको झोँकमा तीनजनाको हत्या

लाक्पासांगे शेर्पा
२९ माघ, संखुवासभा । जिल्लाको पाथीभरा गाविस-१ मा यौनसम्बन्ध राख्न नदिएको झोँकमा १६ वर्षीय एक किशोरले तीनजना छिमेकीको हत्या गरेको खुलासा भएको छ ।
यौनसम्बन्ध राख्न नदिएको झोँकमा १६ वर्षीय निमातेम्बा शेर्पाले २ नाबालकसहित तीनजना छिमेकीको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । शेर्पाले गत माघ १६ गते राति ३३ वर्षीया कालीमाया शेर्पा, उनकी ११ वर्षीया भदैनी निकिपा शेर्पा र ५ वर्षीया छोरी निमल्छनु शेर्पाको खुकुरीले काटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्याका आरोपी शेर्पालाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गर्दै प्रहरी नायव उपरीक्षक पवन गिरीले तीनैजनाको हत्या शेर्पा एक्लैले गरेको स्विकारेको बताए ।
हत्यापछि पक्राउ निमातेम्बाले माघ १६ गते राति १२ बजे मदिरा माग्न कालीमायाको घरमा गएको अवस्थामा यौनसम्बन्ध राख्न खोज्दा नमानेपछि खुकुरीले प्रहार गरी हत्या गरेको बयान प्रहरीमा दिएका छन् ।
यौनजन्य तथा झैझगडामा यसअघि प्रहरीमा उजुरी पर्दा गाउँमै मिलापत्र गरेर उन्मुक्ति पाएका शेर्पाले कालीमायाले प्रहरी बोलाउने धम्की दिएपछि हत्या गरेको बताए । ‘शुरुमा कालीमायाको हत्या गरंे, त्यसपछि दुई बालिका निकिपा र निमल्छनु रुँदै भाग्न खोजेपछि उनीहरुको पनि हत्या गरेको हुँ ।’ शेर्पाले भनेका छन् ।
हत्यापछि गाउँलेले थाहा नपाउने गरी ढोकामा बाहिरबाट ताला लगाएर गाउँमै बसेको उनले प्रहरीलाई बयान दिएका छन् । हप्तादिनसम्म घरको ताला नखुलेपछि स्थानीयले माघ २३ गते घरमा पसेर हेर्दा स्थानीयले तीनैजनालाई मृत अवस्थामा भेटेका थिए । प्रहरीले घटनास्थलबाट खुकुरी र सुनका गहना बरामद गरेको प्रनाउ गिरीले बताए ।
मृतकका पति एक बर्ष अघि मलेसियामा रोजगारी गर्न गएका छन् । घरमा तीनजना मात्र बस्दै आएका थिए । ४ छोरीकी आमा कालीका २ छोरी मोरङमा पढ्दैछन् भने अर्की छोरी सदरमुकाम खाँदबारीमा बसरे पढिरहेकी छन् ।
प्रहरी निरीक्षक यमनाथ अधिकारी र विनोद निरौलाको विशेष टोलीले निमातेम्बालाई पक्राउ गरेका थिए । शेर्पाविरुद्द कर्तव्य ज्यान सम्वन्धी मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।अनलाइनखबर डटकम 

गर्लफ्रेण्ड बिक्रि गर्न अनलाइनमा बिज्ञापन

भ्यालेन्टाइन डे नजिकै आइरहेको छ । यस्तो बेलामा प्रेमी-प्रेमिकाहरु एक अर्कालाई मन पर्ने उपहार खरिदको तयारीमा छन् ।
तर, बेलायतका एक प्रेमीले आफ्नी प्रेमिकालाई अनौठो भ्यालेन्टाइन गिफ्ट दिने सोच बनाएछन् ।
६ बर्षदेखि संगै बसिरहेकी गर्लफ्रेण्ड देवी मोरानको अल्छिपनाबाट दिक्क भएका साउन कोल्सले उनलाई सामान किनवेच गर्ने साइट ‘इबे डटकम’ बिक्रिका लागि राखेका छन् ।
बिज्ञापनमा उनले आफ्नी प्रेमिकाको तस्वीर पनि राखेका थिए । जहाँ लेखिएको थियो- यो बुढी आइमाई, निकै अल्छी छे, यसले घरधन्दा पनि गर्न सकिन, म यसलाई बेच्न चाहन्छु ।’
उनको बिज्ञापनमाथि धमाधम आबेदन पर्न थाल्यो । ५० जना जतिले उनलाई किन्न तयार रहेको भन्दै किन्न चाहेको मूल्य अफर गरे । सवैभन्दा बढि थियो- ११८० डलर ।
तर, इबेमा मानिसलाई बिक्रिका लागि राख्न नपाइने नियम उल्लंघन गरेको भन्दै उजुरी परेपछि साउनले आफ्नो बिज्ञापन हटाएका छन् ।
एक टेलिभिजनसँग कुरा गर्दै उनले मजाकका लागि मात्र यस्तो बिज्ञापन गरेको र प्रेमिका बिक्रि गर्ने कुनै मनसाय नरहेको दावी गरेका छन् ।
अनौठो त के छ भने बिक्रिका लागि राखिएकी प्रेमिकाले समेत आफ्नो प्रेमीको कदमको बचाउ गर्दै मजाकका लागि मात्र राखेको र गम्भीर कुरा नभएको बताइन् । ‘त्यस्तो तस्वीर राखेको देख्दा त रिस उठेको थियो, तर उसले गम्भीरतापूर्वक यो काम गरेको थिएन’ प्रेमिकाले भनिन् ।एजेन्सीको सहयोगमा

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang