प्रियंका चोपडाले बलिउडमा आफ्नो जुन स्थान बनाएर जुन् उचाईंमा पुगिन्, त्यहाँसम्म पुग्ने सपना जोकोही बलिउडका कलाकारले देखेका हुन्छन् । बलिउडमा यो बेला जति पनि कलाकार छन्, उनीहरुमध्ये केहीले अभिनय र फेसनको मामिलामा आफैंलाई उत्कृष्ट ५ र उत्कृष्ट १० मा राखेका छ्न । उनीहरुमध्ये एक हुन् अभिनेत्री प्रियंका चोपडा ।
कतिपय कलाकारले अहिले पनि पि्रयंका चोपडालाई आफ्नो रोलमोडल मान्ने गरेका छन् । तर पि्रयंकाकै बहिनी परिणिती चोपडा दिदीलाई आफ्ने प्रेरणा मान्दिनन् । परिणितीले यो कुरा सञ्चारमाध्यमलाई नै भनेकी हुन् ।
परिणितीले भनिन्, ‘पि्रयंका या कुनै पनि अन्य कलाकारको जस्तो करियर म चहान्न, बलिउडमा आफ्नो एक स्थान म आफैं बनाउन चहान्छु, ता कि मेरो तुलना कसैसँग नहोस् ।’
इश्कजादे फिल्मबाट करियर शुरु गरेकी अभिनेत्री परिणितीले एकपछि अर्को फिल्म दिएर बक्सअफिसमा पनि कब्जा गर्न सफल भएकी छन् । परिणिती अहिले आफू अभिनित फिल्म हँसी तो फँसीको प्रचारमा ब्यस्त भएकी छन् ।
परिणिती र सिद्दार्थ मलहोत्राको फिल्म हँसी तो फँसी आउँदो हप्ता पदर्शन हुँदैछ । परिणितीले फिल्मी मिडियाले सोधेको जवाफ साथ साथ भनेकी छन् उनी कुनै पनि अवस्थामा दिदी प्रियंकासँग तुलना गरेको मन पराउँदिनन् ।
‘पि्रयंका चोपडा मेरी रोलमोडल होइनन्, बलिउडमा म अरु कसैको जस्तो करियर बनाउन चहान्न ।’ परिणितीले पुनः भनेकी छन् । परिणितीले आफू अहिले जहाँ जुन अवस्थामा छु, त्यो आफ्नै संघर्ष र मेहनेतबाट भएको बताएकी हुन् ।
परिणितीले तब कुनै काम गर्न तयार हुन्छिन्, जब उनलाई मनले अह्राउँछ । फिल्मीलाइनमा आउने निर्णय आफैंले गरेको बताउँदै परिणितीले मेहनेतको बलमा आज एक उचाई बनाएको उल्लेख गरिन् । आफ्नो सफलताको श्रेय अरु कोहीलाई नदिई परिणितीले अहिले आफू सफल हुनुमा आफ्नै अथक मेहनेत रहेको बताएकी हुन् ।
(अनलाइनखबर डटकम)


Post a Comment