मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

बाधा अडकाउ फुकाउ आदेशको अनुमोदन

काठमाडौ, माघ १९ - व्यवस्थापिका संसद बैठकले संसद नभएको बेला राष्ट्रपतिबाट जारी भएको बाधा अडकाउ फुकाउ आदेशहरुको अनुमोदन गरेको छ । आइतबार बसेको संसद बैठकको दुई तिहाई मतले उक्त आदेशरुलाई अनुमोदन गरेको हो ।
संसद नभएको बेला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठनको संवैधानिक व्यवस्था गर्ने देखि निर्वाचनका कानुनहरु निर्माण राष्ट्रपतिबाट तीन पटक बाधा अडकाउ फुकाउ आदेश जारी भएको थियो ।
सभासदहरुले संसद बाहिरबाट यसरी संविधान संशोधनको नजिर नदोहोर्याउन सचेत समेत गराएका छन् । गणतन्त्र कार्यान्वयनका बेला २०६५ जेठ १४ मा पनि सभासदहरुले यस्तै ध्यानाकर्षषण गराएका थिए ।
(इकान्तिपुर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang