तेस्रो नुवाकोट महोत्सवको व्यापक प्रचारप्रसार गर्न राजधानीमा कार्यरत नुवाकोटका पत्रकारको भेलाले गोकर्ण खतिवडाको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार उपसमिति गठन।
माघ २०,नुवाकोट
तेस्रो नुवाकोट महोत्सवको व्यापक प्रचारप्रसार गर्न राजधानीमा कार्यरत नुवाकोटका पत्रकारको भेलाले गोकर्ण खतिवडाको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
उपसमितिको संयोजनमा नुवाकोटका प्रमुख ऐतिहासिक, धार्मकि तथा पर्यटकीयस्थल र मुख्य कृषि उत्पादन हुने स्थलको छायाङ्कन तथा समाचार एवं आलेख लेखन कार्यका लागि ‘नुवाकोट यात्रा’ पनि हुने छ ।
तेस्रो नुवाकोट महोत्सव सफल पार्न काठमाडौँमा बस्ने नुवाकोटेहरुले नुवाकोटबारे व्यापक प्रचारप्रसार गर्न, आर्थकि तथा भौतिक सहयोग गर्न र यसको ऐतिहासिक–सांस्कृतिक–आर्थिक पक्ष उजागर गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नुवाकोट उद्योग वाणिज्य महासङ्घको आयोजनामा सो महोत्सव आगामी फागुन १४–२४गतेसम्म विदुर–४ बट्टारमा आयोजना हुँदैछ । प्राचीनकालमा शैव, बौद्ध, वैष्णव र शाक्त आदि धार्मकि सम्प्रदायको सङ्गमस्थल तथा प्राचीन ऋषिमुनिहरुको बसोबास रहेको नुवाकोट दोस्रो राजधानीका पनि परिचित छ । यसको प्राचीन नाम ब्रह्मनगर, ऋषिपत्तन र मुनिपत्तन तथा मल्लकालीन नाम नवक्वाठ थियो । नुवाकोट नेपाल एकीकरणको थालनी भूमि पनि हो । यसअघि विसं २०६३ र ६६मा महोत्सव आयोजना भइसकेका छ ।
नुवाकोट महोत्सव–२०७०, काठमाडौँ सहयोग समितिको आयोजनामा काठमाडौमा भएको अन्तक्र्रयिामा नुवाकोटमा आर्थकि लगानीका संभावना पहिल्याउन र लगानी आकर्षण गर्न चीन र भारतका साथै अन्य सार्क राष्ट्रका प्रतिनिधिलाई महोत्सव अवलोकन गराउन सुझाव दिइयो ।
कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य श्याम केसी, अर्थशास्त्री पुष्कर अधिकारी, व्यवसायी भरत खड्का, सुमन पाठक र विनोदराज श्रेष्ठ, पत्रकार एवं सञ्चारकर्मी श्याम रिमाल, गोकर्ण खतिवडा, दिनेश आचार्य र सुनिल श्रेष्ठ र सहयोग समितिका संयोजक श्रीकृष्ण रिजालले महोत्सवका क्रममा नुवाकोटका विविध पक्षमा व्यापक अन्तक्र्रयिा गर्न, पर्यटन प्याकेज कार्यक्रम बनाउन र पत्रकारहरुलाई नुवाकोट भ्रमण गराउन आयोजकसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा आयोजक संस्थाका संयोजक राजन श्रेष्ठले चर्चित राजनीतिज्ञहरुको जन्मभूमि नुवाकोट ‘बत्तीमुनिको अँध्यारो’ भएकोमा चिन्ता व्यक्त गर्दै यसको ऐतिहासिक, धार्मकि, सांस्कृतिक पक्षको उजागर गर्न, यस क्षेत्रमा लगानी बढाउन र आन्तरिक तथा बाह्य पर्यटक भित्र्र्याई पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
नुवाकोटमा विसं १८१९ मा निर्मित कलात्मक साततले दरबार तथा जालपामाई, भैरवी, दुप्चेश्वर, चिम्टेश्वर र रणमुक्तेश्वर महादेवका मन्दिर छन् । चौंसठ्ठी लिङ्गमध्ये ब्रह्मतीर्थेश्वर कविलासमा र भैरवेश्वर देवीघाटमा पर्छन्न । यो असला र रेन्बो ट्राउट माछा, बदाम, सखर, स्ट्रबेरी ९भुइँकाफल०, मुला र पिंडालुको उत्पादनका लागि पनि प्रख्यात छ । निर्माणाधीन केरुङ–गल्छी मार्गले नुवाकोट भएर मित्र राष्ट्र चीन र भारतलाई छिट्टै जोड्दैछ । प्राचीनकालमा काठमाडौंँ–भोटमार्ग नुवाकोट भएर नै चल्थ्यो ।(नुवाकोट एफ.एम.डटकम/तस्बिर गुगलबाट)


Post a Comment