मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Monday, February 10, 2014

बिश्वका उत्कृष्ट स्मार्टफोनहरु(फोटो सहित)

अब हाते फोनमात्र रहेन मोबाइल । अनेक विशेषता र उपयोगिता थपिँदै आएपछि मोबाइल फोनको प्रयोगदर दिनप्रतिदिन बढ्दै गइरहेको छ । अचेल मोबाइलको नाम परिमार्जित भएर स्मार्ट फोन भएको छ । हरेक दिन नयाँ-नयाँ मोडलले उपभोक्ताको ध्यान खिचिरहेको छ ।
सन् २०१४ को सुरुवातसँगै कहलिएका फोन निर्माताहरुले नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । सामसुङको ‘ग्यालेक्सी एस ५’ र एप्पलको ‘आइफोन ६’ केही महिनामै बजारमा आउँदैछन् ।
तर, बजारमा केवल आइफोन र सामसुङमात्र छैनन, अन्य थुप्रै ब्राण्डका उत्कृष्ट स्मार्ट फोनहरु छन जसले लाखौं करोडौं उपभोक्ताको मन जितेका छन् । हामी तपाईलाई अहिले बिश्व बजारमा उपलब्ध १५ वटा उत्कृष्ट मोडलका स्मार्टफोनबारे जानकारी दिँदैछौं ।
बिजनेस इनसाइडरले फेब्रुअरी महिनाका लागि सार्वजनिक गरेको यो सूची तपाईका लागि बिकल्प छान्न उपयोगी हुनेछ । यहाँ उल्लेख गरिएकामध्ये अधिकांश फोन नेपाली बजारमा पनि उपलब्ध छन, केही मोडलहरु नेपाली बजारमा पाइदैनन् । नेपालबाहिर रहनुहुने पाठकलाई भने यो सूची लाभदायी हुन सक्छन् ।

१) आईफोन फाइभ एस

आइफोनले सुरुदेखि नै स्मार्टफोनको दुनियाँमा आफुलाई अग्रणी र अब्बल सावित गर्दै आएको छ । पछिल्ला बर्षमा सामसुङबाट कडा टक्करको सामना गरिरहेको भए पनि एप्पलका उत्पादन अझै पनि उच्च कोटीका छन् ।
केही महिना पहिले बजारमा आएको ‘आइफोन ५ एस’को डिजाइन, फिचर, एप्स र कन्टेन्टहरु निकै मनमोहक छन् । गत वर्ष बजारमा आएको आईफोन फाइभको रुपसित यसको समानता देख्न सकिन्छ । तर, यसको क्यामेरा, फिंगरपि्रन्ट सेन्सर आदिले यसको विशेषता बढाइदिएको छ । फिंगरपि्रन्ट सेन्सरले पासकोडविना नै अनलक गर्न सकिने यसको क्षमता छ । यिनै कारणले पनि आइफोन ५ एस अहिलेको बजारको उत्कृष्ट स्मार्टफोन हो ।

२) एचटिसी वन गुगल एडिसन 


सामसुङले जस्तै ताइवानी स्मार्टफोन कम्पनी एचटिसीले पनि गुगलसँगको साझेदारीमा बिशेष फोन ल्याएको छ जसलाई ‘एचटीसी वन गुगल एडिसन’ भनिन्छ । यो किन पनि अहिले संसारभर उपलब्ध एन्ड्रोइड स्मार्टफोन हो भने यसमा प्रयोग भएको सफ्टवयेर अरु एन्ड्रोइड फोनमा भन्दा सफा र प्रयोगकर्ताका लागि सजिलो छ । एचटीसीको मोडलहरुमध्ये पनि यो उत्कृष्ट हो । 

३) एचटिसी वन 

सबै मेटल डिजाइनमा निर्मित यो मोडल एन्ड्रोइडको अपरेटिङ सिस्टमको उत्कृष्ट फोन हो । एप्पल आईफोन जस्तै डिजाइन र गुणस्तर रहेको यो नै पहिलो एन्ड्रोइड फोन हो । एचटीसी वानले यसको नयाँ संस्करण केही महिनामै ल्याउने तयारी गरेको छ । 

४) गुगल नेक्सस ५


कोरियाली कम्पनी एलजीसँगको साझेदारीमा गुगलले यो फोन उत्पादन गरेको हो । यसलाई कतिपयले एलजीको जी २ मोडलको परिमार्जित रुप पनि मान्छन् । यसमा ओर्जिनल एन्ड्रोइड सफ्टवेयर छ र यसको सवैभन्दा महत्वपूर्ण कुरा, यही क्षमताका अन्य फोनभन्दा करिव आधा मूल्यमै उपलब्ध हुन्छ । 

५) मोटोरोला मोटो एक्स 

गुगलको स्वामित्वमा रहँदा मोटोरालाले उत्पादन गरेको यो स्मार्टफोन दुई अर्थमा भिन्न छ । पहिलो, स्त्रिmन लक भएकै बेला पनि तपाईले नोटिफिकेसन चेक गर्न सक्नुहुन्छ । दोस्रो, तपाईले फोनको डिजाइन आफ्नो रुचीअनुसार भिन्न भिन्न रंगमा बदल्न सक्नुहुन्छ । 

६) सामसुङ ग्यालेक्सी एस फोर गुगल एडिसन 

सामसुङ र गुगलवीचको सहकार्यमा उत्पादित यो फोन गुगलको क्लिन भर्सनको एन्ड्रोइड प्रयोग गरिएको छ । एन्ड्रोइडको बेसिक भर्सन र सामसुङको उत्कृष्ट हार्डवेयरको संयोजनले यो फोनलाई वास्तवमै उत्कृष्ट बनाइदिएको छ ।

७) सामसुङ ग्यालेक्सी एस ४ 


गत बर्ष बजारमा आएको यो सामसुङको सवैभन्दा चर्चित फोन हो । उपभोक्ताले यसलाई निकै रुचाए पनि । तर यसमा केही यस्ता फिचर छन जसले उपभोक्तालाई दिक्क पार्न सक्छ । जस्तो यसमा धेरै आवाजयुक्त फिचरहरु छन अनि सस्तो झैं लाग्ने प्लाष्टिकको कभर प्रयोग गरिएको छ । 

८) सामसुङ ग्यालेक्सी नोट ३ 

सामसुङले झण्डै दुई बर्षअघि ट्यावलेट र स्मार्टफोनको मर्ज गरेर ग्यालेक्सी नोटमार्फत् फ्याबलेट संस्कार सुरु गरेको थियो । पछिल्लो पटक यसको तेस्रो पुस्ता बजारमा आएको छ । यसको ५.७ इन्च स्त्रिmन छ । यसको बडी पातलो र हलुका छ ।

९) एलजी जी २

एलजीको यो सवैभन्दा पछिल्लो स्मार्टफोन हो जुन बजारमा उत्कृष्ट स्मार्टफोनका रुपमा स्थापित भएको छ । केही दिनअघि मात्रै नेपाली बजारमा पनि भित्रिएको यसकोे आकर्षक पाँच इन्च डिस्प्ले छ । पछाडिको भागमा पावर र भोल्यूम बटन भएकोले अलिक पृथक देखिन्छ । 

१०) आइफोन फाइभ सी 

खासगरि कम आय भएका भारतीय र चिनियाँ प्रयोगकर्ताका लागि सस्तो आइफोनका रुपमा ल्याइएको आइफोन फाइभ सी प्लाष्टिकले बनेको छ । आइफोन ५ भन्दा केही परिमार्जित यो ५ वटा भिन्नभिन्न रंगमा उपलब्ध छ ।

११) सोनी एक्सपेरिया जेड वन एस

पानीमा भिज्दा पनि नबिग्रने मोबाइलका रुपमा यसले बजारमा आफ्नो छाप छाडेको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग हुने सोनीको यो फोन पाँच फिट गहिराइको पानीमा ३० मिनेट डुब्दा पनि असर नपर्ने बताइएको छ । 

१२) नोकिया लुमिया १५२० 

यो फोन विन्डोज अपरेटिङ सिस्टम चल्ने पहिलो फ्याबलेट हो । यसको ६ इन्च स्त्रिmनले धेरैको मन खिच्न सफल भएको छ । यसले तपाईलाई एप्स र होमस्त्रिmन टाइल्समा तपाईलाई मजा दिने छ ।

१३) नोकिया लुमिया १०२० 


यदि तपाई स्मार्टफोनमा फोटोलाई प्राथमिकता दिनुहुन्छ भने तपाईका लागि नोकिया लुमिया १०२० पहिलो छनौट हुनसक्छ । किनकी यसमा प्रयोग भएको क्यामेरा स्मार्टफोनमध्ये सवैभन्दा उत्कृष्ट हो । तथापि, यसमा पनि केही त्रुटि छन् । अन्य मोडलको तुलनामा यसको मोटाइ र वजन बढी छ । 

१४) एचटिसी वन म्याक्स 

यो एचटीसीको पहिलो फ्याबलेट हो । यसमा ५.९ इन्चको स्त्रिmन छ । फिंगरपि्रन्ट सेन्सरले यसको आकर्षण बढाएको छ । जसले पासकोड विना नै मोबाइल लक, अनलक बनाउन सकिन्छ । तर अन्य प्रतिस्पर्धी मोडलको तुलनामा यसको मोटाइ बढी र भारी छ ।

१५) एलजी जी फ्लेक्स
 

एलजीले पहिलोपटक कर्भ आकारको स्त्रिmनसहितको जी फ्लेक्स मोबाइल हालै अमेरिकामा सार्वजनिक गरेको छ । यसको ६ इन्च कर्भड् स्त्रिmनले धेरैको मन जित्ने विश्वास लिइएको छ । साथै, साधारण स्क्र्याचबाट जोगाउने फिचर पनि यसमा जडित छ । तथापि, एप्पल, सामसुङको तुलनामा यसको रिजोलुसन पावर कम छ । एन्ड्रोइड अपरेशनमा पनि सामान्य कठिनाइ भोग्नुपर्ने उपभोक्ताले बताएका छन् । 

१६) ब्ल्याकबेरी क्यू १० 


यदि तपाई किबोर्डसहितको स्मार्टफोन चाहानुहुन्छ भने ब्ल्याक बेरीको क्यू १० सवैभन्दा राम्रो बिकल्प हो । अघिल्लो मोडल जेड १० मा भन्दा सुविधाभन्दा परिमार्जित सुविधा थपिएका छन् । यसमा भएको किबोर्ड निकै आकर्षक र उपयोगी छ ।अनलाइनखबर डटकम 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang