मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Monday, February 10, 2014

‘तोरी लाहुरे’लाई केटी हेर्दा आँखाको शित्तल(भिडियो)

१० बर्षदेखि कलिउड नगरीमा संघर्ष गरिरहेका कलाकार रोहित रुम्बा फाल्गुन २३ गतेबाट भने आफ्नो सपना पुरा हुनेमा ढुक्क छन् । उनले अभिनय गरेको चलचित्र ‘तोरी लाहुरे’ले करिअरलाई उचाइमा पुर्‍याउने विश्वास उनको छ ।
एन.बी.महर्जनले निर्देशन गरेको यो सिनेमाले बेरोजगार यूवाहरुको कथा भनेको छ । चलचित्र उत्कृष्ट बनेकाले पनि चल्नेमा ढुक्क छ यसको निर्माणपक्ष । चलचित्रमा गजित बिष्ट, सुवास थापा, अशिष्मा नकर्मी, समुना जोशी लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
दिल कुमार तामाङ र रोशफि तामाङले संयुक्त लगानी गरेको यो सिनेमामा निरज कँडेलको छायांकन, सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्वन्द्व छ । चलचित्रको प्रोमो आकर्षक बनेकाले पनि हलसम्म दर्शक तान्न मद्दत पुग्ने आशा कलाकार रोहित रुम्बाले गरेका छन् ।अनलाइनखबर डटकम 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang