मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

बलात्कारीले भने– श्रीमान् मलाई खसि पारियोस्

बलात्कारको बात लागेका एक पुरुषले अदालतका न्यायाधीशसमक्ष आफ्नो पुरुषत्व नष्ट गर्न माग गरेका छन् ।जिम्बाबेको बुलायो शहरमा बस्ने जोलिसानी नक्लालाई त्यहाँका न्यायाधीशले २१ बर्षको जेल सजायँ सुनाएका थिए । सुरुमा आफुमाथि लागेको आरोप अस्वीकार गरेपनि नक्लाले पछि आरोप स्वीकार्दै न्यायाधीशसमक्ष जेल सजायँको सट्टा नयाँ प्रस्ताव अघि सारेका थिए ।
‘श्रीमान् मलाई जेल पठाउनुभन्दा सामाजिक सेवामा खटाइयोस वा जरिवाना मात्र तिराइयोस’ उनले भने–‘त्यो सम्भव छैन भने मलाई खसि पारियोस् ता कि मैले आगामी दिनमा कसैलाई पनि बलात्कार गर्न नसकुँ ।’
उनले आफ्नो पुरुष जनेन्द्रीयलाई काटेर फालिदिए पनि आफुलाई फरक नपर्ने तर जेल चाहिँ नजाने बताएका थिए ।
‘श्रीमान् मेरा सानो उमेरका तीन छोराछोरी छन, म जेल गएँ भने उनले म कस्तो छु भन्ने पनि थाहा पाउने छैनन्’ उनले अनुनय बिनय गर्दै भने–‘म बाबुको अनुहार नदेखी हुर्किएँ, उनीहरुले पनि त्यो पीडा नभोगुन्।’
तर, न्यायाधीशले उनको खसी बनाउने आग्रहलाई स्वीकार गरेनन् । बरु, राम्रो आचरणका लागि तीन बर्षको जेल सजायँ छुट गरिदिए ।
नक्लाले गत अगष्ट १२ तारिखमा २० बर्षिय बिबाहित महिलालाई बालात्कार गरेका थिए । जागिरका लागि अन्र्तवार्ता लिने भन्दै ती महिलालाई बोलाएका उनले महिलालाई बालात्कार गरेका थिए ।
तर, अदालतको सुरुवाती बयानमा उनले ती महिला यौनकर्मी रहेको र त्यसबापत आफुले उनलाई १५० ¥याण्ड तिरेको बताएका थिए ।
अन्तिममा उनले आफ्नो अपराध स्वीकार्दै सामान्य कारवाही गरिदिन वा आफ्नो पुरुषत्व नै खोसिदिन आग्रह गरेपनि उनले जेलमा १८ बर्ष बिताउनुपर्ने भएको छ ।
(इकान्तिपुर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang