मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

दैनिक तीन घण्टा खानुस्, मासिक ५ लाख बसि-बसि कमाउनुस्(फोटो फिचर सहित)

मानिसहरु पैसा कमाउन अनेक उपाय लगाउँछन् । त्यस्ता उपाय कतिपय निकै दुःखपूर्ण पनि हुन्छन् ।
तर, तपाईलाई कसैले टेवलमा बसेर आनन्दले मिठा मिठा परिकार खान दिन्छ र त्यसबापत मनग्ये पैसा पनि कमाउहुन्छ भने त्यसलाई तालुमा आलु फलेको भन्दा फरक पर्दैन् ।
आजकल कोरियामा यस्तै तालुमा आलु फल्न लागेको एक महिलालाई । उनले टेवलमा बसेर खाना खाएकै भरमा झण्डै ५ हजार ६ सय अमेरिकी डलर-करिव साढे पाँच लाख रुपैयाँ) कमाउँछिन् ।
दक्षिण कोरियाको राजधानी सियोलकी ३४ वर्षीया पार्क सियो इआन हरेक दिन क्यामेराअगाडी बसेर मजाले मिठो मिठो खान्छिन् । उनले खाएको दृष्य भिडियो स्टि्रमिङ वेबसाइटमार्फत् लाइभ प्रसारण भइरहेको हुन्छ ।









मानिसहरु उनले खाएको हेर्न मात्रै इन्टरनेटअगाडी बस्छन् । यो क्रम हरेक दिन झण्डै तीन घण्टासम्म चल्छ ।
पार्क खाना खान झण्डै तीन घण्टा लगाउँछिन् । वेबसाइटमा विज्ञापन र अन्य सहयोगबाट उनले मासिक ५ हजार ६ सय डलरभन्दा बढी कमाउँछिन् ।
दक्षिण कोरियामा पछिल्ला दिनमा प्रचलनमा आएको यो प्रबृत्तिलाई ‘फुड पोर्न’ अर्थात अश्लिल खावाईका रुपमा चिनिन्छ । कोरियामा एकल परिवारको संख्या बढ्दै गएको र यसले खानासम्बन्धी यस्ता साइट लोकप्रिय हुँदै गएको द डेलि मेलले जनाएको छ ।
अर्गनाइजेशन फर इकोनोमिक को-अपरेशन एण्ड डेभलोपमेन्ट रिसर्चका अनुसार कोरियामा एकल परिवारका संख्या २०१२ को भन्दा २५.३ प्रतिशतले बढेको छ ।(अनलाइनखबर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang