२७ माघ, काठमाडौं । लिओनल मेस्सीको दुई गोलको मदतमा सेभिल्लालाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । जितपछि बार्सिलोनाको २३ खेलबाट ५७ अंक भएको छ । समान अंक जोडेको रियल मड्रिड र एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले अल्बर्टो मोरेनोको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेटमा एलेक्स सान्चेजले बराबरी गोल फर्काए । उनले मेस्सीको पासमा गोल गरेका थिए ।
४४ औं मिनेटमा पेड्रोको पासमा मेस्सीले गोल गरेपछि बार्सिलोना पहिलो हापमा २–१ को अग्रता लिन सफल भयो । ५६ औं मिनेटमा इनिष्टाको पासमा मेस्सीले व्य िक्तगत दोस्रो गोल गरे ।
खेलको ८८ औं मिनेटमा सान्चेजको पासमा सेस फेब्रिगासले गोल गरेपछि बार्सिलोना ४–१ गोल अन्तरले विजयी भयो ।अनलाइनखबर डटकम

Post a Comment