मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Tuesday, February 4, 2014

प्रधानमन्त्री चयनको प्रक्रिया थाल्न कार्यव्यवस्था समितिको बैठक डाकियो

२१ माघ, काठमाडौं । व्यवस्थापिका संसदले प्रधानमन्त्री चयनका लागि चुनावी कार्यक्रम बनाउने गृहकार्य थालेको छ । राष्ट्रपति कार्यालयले संसदबाटै प्रधानमन्त्री चयन गर्न आग्रह गरेको भोलिपल्टै मंगलबारदेखि व्यवस्थाथिका संसदले यसबारे गृहकार्य सुरु गरेको हो । प्रधानमन्त्री चयनको प्रक्रिया निश्चित गर्न मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । समितिले अन्तरिम संविधान र व्यवस्थापिका संसद नियमावली अनुसार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन लागि निर्वाचन कार्यक्रम तय गर्ने बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको चुनावका लागि आइतबारदेखि प्रक्रिया प्रारम्भ गर्ने व्यवस्थापिका संसदको तयारी छ । अहिलेसम्म प्रधानमन्त्रीमा कांग्रेस सभापति सुशील कोइरालाको एकमात्र दाबी रहँदै आएको छ । प्रधानमन्त्री चयनको प्रक्रिया शुरु भएपछि कुनै साना दलले उम्मेद्वारी नदिए कोइराला निर्विरोध प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । (अनलाइनखबर डटकम)

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang