मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Monday, February 10, 2014

प्रबल गुरुङको फेसन सोमा अर्धनग्न प्रर्दशनकारीको आक्रमण

नेपाली मूलका फेसन डिजाइनर प्रवल गुरुङले न्यूयोर्कमा आयोजना गरेको फेसन सोमा एक नाङ्गा प्रर्दशनकारी छिरेका छन् ।
न्यूयोर्कको म्यानहान स्टेनमा प्रवलको एकल फेसन सप्ताह भर्खरै सुरु भएको थियो । जहाँ नामी मोडलहरु गुरुङले डिजाइन गरेका पोशाक लगाएर र्‍याम्पमा उत्रदै थिए ।
यत्तिकैमा एक अर्धनग्न पुरुष फुत्त मोडलहरुका बिचमा छिरे । कालो कोट लगाएका उनलको तल्लो भागमा केवल एक सरो पेन्टीमात्र थियो ।
अनौठो मानिस र्‍याम्पमा देखिएपछि दर्शकमा हल्लीखल्ली मच्चियो, हिडिरहेका मोडलहरु ट्वाँ परे । केहीवेर सो अबरुद्ध भयो ।
अर्धनग्न प्रर्दशनकारी र्‍याम्पमा छिरेपछि पछाडीको भागबाट प्रवल दौडिएर स्टेजमा आइपुगे । केहीवेरमै ती अर्धनग्न प्रर्दशनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिए ।
केहीवेर अबरुद्ध भएपछि प्रवल फेसन सप्ताह पुनः सुरु भएकेा थियो ।अनलाइनखबर डटकम 




Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang