मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

टेक बजारमा नेपालीको कम्पनीको चर्चा

काठमाडौ, माघ १९ - भारतको बैंगलोरमा रहेेको नेपाली नेतृत्वको कम्पनी किन्न विश्वकै ठूला कम्पनीले चासो देखाएको बिषयले आईटी क्षेत्रमा चर्चा कमाएको छ । सोसल मिडिया एनालिटिक कम्पनी सिम्प्लीफाई३६० को लागि ठूला कम्पनी एडोब र बेलायती बिज्ञापन कम्पनी (डब्लूपीपी) ले चासो देखाएको चर्चा चलेपनि दुवै पक्षले यसबारे केही बोलेका छैनन् ।
एडोब विश्वकै ठूलो सफ्टवेर निर्माता कम्पनी हो भने डब्लूपीपी विश्वकै ठूलो बिज्ञापन एजेन्सीमा पर्छ ।
भुपेन्द्र खनाल प्रमुख कार्यकारी अधिकृत रहेको कम्पनीका सहसंस्थापक दिप शेचन, बिनित थापा र लक्ष्मी खतिवडा नेपाली हुन् भने  रोहित गुप्ता र श्वेता शर्मा भारतीय हुन् ।  कम्पनी सन् २००९ मा स्थापना भएको हो ।अमेरिकामासमेत कार्यालय रहेको यो कम्पनीले एक सय भन्दा बढी देशमा आफ्नो टुलहरु बिक्री गरिरहेको छ । प्रमुख कार्यकारी अधिकृत खनालले यसबारे अहिले केही नबोल्ने बताए ।
यसअघि भारतस्थित यस्तै पकृतिको कम्पनी लिलिट आई ल्याबलाई फेसबुकले किनेको थियो । ल्याबलाई फेसबुकले १० देखि १५ मिलियन डलरमा किनेको अनुमान छ । ल्याबले एन्ड्रोइड सिस्टमको अनुगमन टुल बनाउदै आएको थियो ।
खनालको कम्पनीले ट्वीटर, फेसबुकलगायत सोसल मिडियाबाट तथ्यांक संकलन गरी विश्लेषण गर्ने गर्छ । ट्वीटरको डाटा विश्लेषण गर्ने टप्सी नामक कम्पनीलाई एप्पल कम्पनीले अघिल्लो बर्ष २०० मिलियन डलर तिरेर किनेको थियो ।
सिम्प्लीफाई३६० भने टप्सी भन्दा फरक छ । यसले आफ्ना ग्राहकका लागि ट्वीटरको मात्र नभएर अन्य सोसल मिडियाको पनि ट्वीट, पोष्टलाई केलाउछ । कम्पनीले बिभिन्न २७ भाषामा विश्लेषण उपलब्ध गराउछ ।(इकान्तिपुर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang