मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Wednesday, February 5, 2014

गार्मेन्ट उद्योगमा आगलागी, एक करोड क्षति

काठमाडौ, माघ २२ - काठमाडौँको भिमसेनगोलास्थित एक गार्मेन्ट उद्योगमा आगलागी हुँदा एक करोडभन्दा बढीको धनमाल क्षति भएको छ ।  

काठमाडौँ वडा नं ३४ को वडा कार्यालयसँगै रहेको डिल्ली रिजालको एलेस फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भई आगलागी भएको हो । काम गर्ने क्रममा बिहान आठ बजेतिर गार्मेन्टमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

आगलागीमा तयारी पोशाक जलेर नष्ट हुनाका साथै मेसिनमा समेत क्षति पुगेको छ । स्थानीयवासी र प्रहरीको प्रयासमा एक घण्टाभित्र आगो नियन्त्रणमा लिइएको थियो । उक्त गार्मेन्टमा उत्पादन हुने कपडा अमेरिकालगायतका देशमा निकासी हुने गरेका छन् । रासस

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang