लक्ष्मीप्रसाद सापकोटा-पर्वत, २२ माघ । समृद्ध पर्वत हाम्रो चाहना भन्ने मूल नाराका साथ पर्वत सदरमुकाम कुश्माबजारमा संचालन भएको चौथो पर्वत महोत्सव तथा पश्चिमाञ्चल स्तरिय औद्योगिक प्रदर्शनी मंगलवार सम्पन्न भएको छ ।
माघ १४ गतेदेखि २१ गते सम्म संचालित महोत्सवमा अपेक्षा भन्दा बढिको कारोबार गर्न समेत सफल भएको छ । ५ करोड भन्दा बढिको कारोबार भएको छ । महोत्सवको समापनका अवसरमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशीले पर्यटन तथा औद्योगीक प्रवद्र्धनका लागि मेला महोत्सवको ठुलो भूमिका हुने बताए ।
जोशीले मुलुकको आर्थिक विकासका लागि निजि क्षेत्रको भूमिका महत्वपुर्ण रहेको बताउँदै अस्थिर राजनीतिका कारण निजि क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित बनेको बताए । जोशीले निजि क्षेत्रलाई लगानीको बातावरण नबन्दा विभिन्न औद्योगिक, उर्जा लगायतका क्षेत्रको पर्याप्त विकास हुन नसकेको भन्दै दलहरुले निजि क्षेत्रलाई लगानीको वातावरण बनाईदिन आग्रह गरेका छन् ।(कारोबार डेली डटकम)

Post a Comment