मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Wednesday, February 5, 2014

केटीको आँखाबाट आँसु होइन ढुंगा बर्सिएपछि !(भिडियो सहित)

यमनमा एक जना किशोरीको आँखाबाट आँसुको सट्टा ढुंगा झर्न थालेपछि चिकित्सक छक्क परेका छन् ।
यमनको एक गाउँमा बस्ने १२ बर्षिय किशोरी सादिया सालेहको आँखाबाट सानो–सानो आकारका कडा ढुंगा खस्छन् । आँसुजस्तै ती ढुंगा आँखाको बिच भागमा आइ पुगेर गालामा खस्छन् ।
यो अनौठो घटनापछि उनलाई डाक्टरकहाँ पुराइयो । तर, डाक्टर पनि यो देखेर छक्क परिरहेका छन र किन यस्तो भयो भन्ने बताउन सकिरहेका छैनन् ।

यमनको एजल टीभीले प्रसारण गरेको भिडियोमा यी किशोरीलाई अस्पतालमा उपचारका लागिएको दृष्य देखाइएको छ । जहाँ चिकित्सकले उनको आँखाबाट कपडाको सहयोगले काला ढुंगा निकालिरहेका छन् । केहीबेरपछि उनले प्लाष्टिकको भाँडोमा एक दर्जनबढि ढुंगा देखाउँछन जुन उनको आँखाबाट केही घण्टाको अबधिमा झरेका हुन् ।
सालेहका गाउँलेहरु भने उनलाई राक्षसले कब्जा गरेको र टुनामुना गरिएको भन्दै डराएका छन् ।
उनको स्वास्थ्यमा कुनै खराबी नदेखिएको डाक्टरले बताएका छन् । तर, के कारण उनका आँखाबाट ढुंगा खसिरहेको हो भन्नेबारे अझै निष्र्कषमा पुग्न नसकिएको र अनुसन्धान जारी रहेको उनीहरुले बताए ।

भिडियो 


(अनलाइनखबर डटकम)  

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang