मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Wednesday, February 5, 2014

कुकुरले कार टोकेपछि…



कुकुरले मान्छे त टोक्छ । कहिलेकाहीं अन्य पशुपंक्षी पनि टोक्न सक्छ । हामीले थाहा पाएको यत्ति हो । तर कार नै टोकेर क्षतविक्षत पारिदियो भन्दा अचम्म मान्नुहोला । हो, बेलायतको चेडोजी गाउँमा कुकुरले कार टोकेपछि हंगामा फैलिएको छ । स्थानीय रोस्टन गि्रमस्टिडले पालेको कुकुरले अनौठो व्यवहार देखाएको हो । उनले तीन वर्षदेखि यो कुकुर ल्याएका थिए । कुकुरको नाम ल्यूस हो । कुकुरको टोकाइबाट हजारौं पाउण्ड क्षति भएको छ । १५ महिनाअघि रोस्टनले ८० हजार पाउण्डमा एस्टन मार्टिन ब्राण्डको यो कार लिएका थिए । यो अनौठो ‘दूर्घटना’ को लागि बीमा कम्पनीले ३ हजार पाउण्ड क्षतिपूर्तिवापत उपलव्ध गराइदिने भएको छ । ४२ वषर्ीय रोस्टन गि्रमस्टिड आफ्नो कुकुरको यस्तो व्यवहारबारे पहिला सुँइको नपाएको बताउँछन् । 
‘आँगनमा कार राखिएको थियो, कारको चक्काछेऊ सेतो टुक्रा र धूलो छरिएको देखें’ उनले भने ‘कुकुरले कुनै पंक्षी खाएको होला भन्ने सोचें, नजिक गएर हेर्दा कुकुरले कार टोकेर क्षतविक्षत पारेको रहेछ ।’ अस्वाभाविक व्यवहार देखाएपछि रोस्टनले सो कुकुर घरनिकाला गरेका छन् । ‘तर कुकुर लैजानेलाई मैले यसको हर्कतबारे जानकारी दिएको छैन’ उनले भने ‘नत्र मलाई नै फिर्ता ल्याइदिन सक्छन् ।’ कुकुरविज्ञ हेलेन स्टोन पनि कुकुरको यस्तो व्यवहारबाट चकित छिन् । ‘मैले अहिलेसम्म कुकुरहरुको यस्तो हर्कत सुनेको थिइँन’ उनले भनिन् । अनलाइनखबर डटकम

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang