मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Tuesday, February 4, 2014

बान्ता गरेर पेन्टिङ बनाउने युवती(फोटो फिचर सहित)

मानिसहरु बिरामी नभई बान्ता गर्दैनन् । तर, बेलायतकी एक शाकाहारी युवती दिनमा दर्जनौंपटक बान्ता गर्छिन र सुन्दर चित्र बनाउँछिन् ।
२७ वर्षीया मिली ब्राउन सफा क्यान्भासमा रंगीन उल्टी गरेर अमूर्त चित्र बनाउँछिन् । पेन्टिङ गर्ने परम्परागत आर्ट शैलीबाट दिक्क भएपछि उनलाई केही नयाँपन दिने जोस जाग्यो । सन् २००५ बाट बान्ता गरेर आर्ट बनाउन सुरु गरेकी मिलीले अहिले लाइभ परफर्मेन्स दिँदै आएकी छिन् ।
लाइभ परफर्मेन्स गर्नु पर्ने भएपछि उनी दुई दिनअघि देखि नै खाना खान बन्द गर्छिन् । जसका कारण उनको पेट पूर्ण रुपमा खाली हुन्छ, ताकि उनलाई जुन रंगले पेन्टिङ गर्नुछ, त्यो पेटको भित्रसम्म पुग्न सकोस् । उनी रंगलाई दुधमा मिसाएर पिउँछिन् । चार लिटरसम्म तरल पदार्थ पिउन सक्ने उनको दावी छ ।
एउटा रंगको झोल पिएर बान्ता गरेपछि उनले १५ मिनेट जति आराम गर्छिन् । दुई रंग नमिसिउन भनेर यसो गरिएको हो ।
उनको बान्ता कलाका पारखी बढिरहेका छन् । ती फ्यानमा लेडी गागा समेत पर्छिन् । गागाको एउटा भिडियोमा मिलीले रंगीन बान्ता गरेको दृष्यसमेत देख्न सकिन्छ ।(अनलाइनखबर डटकम) 















Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang