मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

अनारमनी र एपिएफ फाल्गुनन्द गोल्डको उपाधिका लागि भिड्ने

कृष्ण ओझा
१९ माघ, पाँचथर । फिदिममा जारी फाल्गुनन्द गोल्डकपको उपाधिका लागि झापाका दुई क्लब एपिएफ र अनारमनी भिड्ने भएका छन् ।
आइतबार भएको फाल्गुनन्द गोल्डकप नकआउट फूलबल प्रतियोगिताको दोस्रो सेमीफाइनलमा अनारमनीले युनाइटेड स्पोर्टस क्लव मोरङलाई ३-२ ले परजाजित गर्दै एपिएफसागको उपाधि भिडन्त पक्का गरेको हो ।
निर्धारित समयमा २-२ को बराबरीमा रहेको टुंगेको खेलमा अनारमनीले थप समयमा गोल गर्दै उपाधि नजिक पुगेको हो ।
अनारमनीका लागि पुष्प मादेन, नगेन लिम्बू र दिपेन राईले तथा युनाइटेडका लागि रमेश लिम्बू र सुरेन खवासले गोल गरेका थिए । अनारमनी र एपिएफ उपाधिका लागि मंगलबार भिड्ने भएका छन् ।
(अनलाइनखबर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang