मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

राप्रपा नेपाल रणनीति बुन्दै

काठमाडौ, माघ २० - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी महाधिवेशनलाई दृष्टिगत गरी रणनीतिक कार्यक्रम तय गरेको छ ।
यसका लागि राप्रपा नेपालका उपाध्यक्ष तथा संगठन विभागका प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको पार्टीका विभागीय तथा जनवर्गीय संगठनहरूका प्रमुखद्वारा प्रतिवेदन प्रस्तुत भएको राप्रपा नेपालले जनाएको छ ।
सो अवसरमा महामन्त्री चन्द्रबहादुर गुरुङले आगामी जेठको पहिलो साता हुने महाधिवेशनलाई सफल पार्न सबै तहका कार्यकर्ता क्रियाशील हुनुपर्ने कुरामा जोड दिए । रासस (इकान्तिपुर डटकम)  

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang