मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

आरसीटी र ब्वाइज युनियन रेलिगेशनमा

१९ माघ, काठमाडौं । ए डिभिजन लिगको ६ पटकको विजेता रानीपोखरी कर्नर टिम आरसीटी रेलिशेगनमा परेको छ ।
ए डिभिजन लिग फुटबल अन्तरगत आइतबार भएको खेलमा आरसीटीलाई १-० गोल अन्तरले पराजित गर्दै जाउलाखेल भने रेलिगेशनबाट बचेको छ । आरसीटी र ब्वाइज युनियन बी डिभिजनमा घटुवा भएका छन् ।
रेलिगेशनबाट बच्न कम्तिमा बराबरी चाहिएको जाउलाखेललाई ३ अंक दिलाउने क्रममा ८५ औं मिनेटमा राम थापाले गोल गरेका थिए । जितपछि उसको १३ अंक भएको छ । लिगमा अन्तिम खेल खेल्न बाँकी आरसीटीको ४ अंक छ भने पुलससँग ९-० ले पराजित भएको ब्वाइज युनियनको पनि समान अंक छ ।
लगातार चार दशकसम्म घरेलु फुटबलमा महारथीको पहिचान बनाएको आरसीटी ए डिभिजनमा बढुवा भएपछि पहिलो पटक रेलिगेशनमा परेको हो । १९८७ मा स्थापना भएको आरसीटी २०२७ सालमा ए डिभिजनमा बढुवा भएको थियो । बी डिभिजनमा उक्लिए लगतै २०२८, ०२९ र ०३० सालमा उपाधिमा हृयाटि्रक गरेको आरसीटीले २०३६, ०३८ र ०४१ सालमा पनि उपाधि जितेको थियो ।
बालगोपाल महर्जन। उपेन्द्रमान सिंह, निराजन रायमाझी जस्ता स्टार खेलाडीहरुले खेलेको आरसीटीको पछिल्लो समय व्यवस्थापनमा समस्या देखिएको थियो । फुटबल खेल्ने नखेल्ने विवादका कारण यो सिजन एनसेल कप खेलेन, जसका कारण आरसीटीले कारबाही स्वरुप ए डिभिजन लिगमा ३ अंक गुमायो ।
लिगको पहिलो खेलमा सरवस्वतिसँग अंक बाँडेको आरसीटीले दोस्रो खेलमा नेपाल पुलिसलाई पराजित गर्दै ऋण मुक्त भयो र अंकको खाता खोल्यो । त्यसपछि लगातार हार व्यहोरेको आरसीटीले लिगको अन्तिम खेल खेल्नुअघिसम्म आर्मीविरुद्ध मात्र जित हात पार्न सक्यो ।
(अनलाइनखबर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang