मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Sunday, February 2, 2014

मदिराको मात्रा मापन गर्ने रोबोट

पेरिस (एएफपी), माघ १८ - स्पेनी अनुसन्धानकर्ताहरूले विभिन्न बियरको प्रकार र तीनमा रहेका मदिराको मात्रा मापन गर्ने इलेक्ट्रोनिक जिब्रो विकास गरेका छन् । सृजनकर्ताले यो कृत्रिम जिब्रोले हाल ८२ प्रतिशत सही कार्य गर्न सक्ने बताएका छन् । यसलाई स्वाद पत्ता लगाउने रोबोट सिर्जना गर्ने कार्यमा पहिलो पाइलाको रूपमा हेरिएको छ ।
यस जिब्रोमा २१ इलेक्ट्रोड छन् । प्रत्येकले एमोनियम, सोडियम, नाइट्रेट तथा क्लोराइडजस्ता फरक रासायनिक यौगिकप्रति प्रतिक्रिया जनाउँछ । उक्त जिब्रो बार्सिलोनाको अटोनोमस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तयार गरेका हुन् ।
जिब्रोले स्वार्जबियर, लागर, डबल मेल्ट पिलसन, एलसेसन तथा कम मदिरा भएको बियरको स्वाद पत्ता लगाउँछ । यी सबै बियर पत्ता लगाउन यस जिब्रोलाई तालिम दिइएको छ । जिब्रोमा प्रोग्राम नगरिएको बियर भने यसले पत्ता लगाउन सक्दैन । फुड केमिस्ट्री पत्रिकाले प्रकाशन गरेको विज्ञप्तिमा यो जिब्रोले एक दिन स्वाद पत्ता लगाउने रोबोट बनाउन सहयोग गर्ने भनिएको छ । (इकान्तिपुर डटकम)  

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang