२६ माघ, काठमाडौं । वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान जारी नहुँदासम्म कायमै राख्न नेकपा एमाले सहमत भएको छ । तर, राष्ट्रपति/उपराष्ट्रपतिलाई संसदबाट भने अनुमानदन गरिने भएको छ ।
नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति संविधानसभाबाट राजनीतिक प्रस्ताव अनुमोदन गर्ने प्रस्ताव गरेलगतै बसेको एमाले स्थायी कमिटीको बैठकले सरकारको नेतृत्वका लागि कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ ।
स्थायी कमिटी बैठकले राष्ट्रपतिलाई संसदबाट अनुमादन गर्ने र संविधान जारी भएपछि राष्ट्रपतिको निर्वाचन गर्ने गरी संविधान संशोधन गर्ने निर्णय गरेको एमाले सचिव शंकर पोखरेलले अनलाइनखबरलाई बताए ।
एमाले बैठक लगतै वार्ता टोली सहमतिको प्रस्ताव तयार पार्न जुटेका छन् । यसअघि एमालेले राष्ट्रपतिको निर्वाचन गर्नु पर्ने माग गर्दै आएको थियो । अनलाइनखबर डटकम

Post a Comment