बलिउडका सुपरस्टार ऋतिक रोशनसँगको १३ वर्ष लामो सम्बन्ध टुटेपछि सुजैन अहिले स्वतन्त्र भएकी छिन् । सुजैनलाई नदेख्नेहरु ऋतिकसँग सम्बन्धविच्छेदपछि उनी अझै पनि सम्बन्ध टुटेको पीडामा छिन् भन्ने अड्कल गर्छन् । तर उनी अहिले सम्बन्ध टुटेर एक्लिएपछि पार्टीमा पुगेर खुसीयाली मनाइरहेकी छन् । अर्कातिर ऋतिक पनि फिल्ममा व्यस्त हुन थालेका छन् ।
Sujain khanभारतको एक अनलाइनले छापेको समाचारअनुसार सुजैनसँग अलग भएपछि ऋतिक रोशन बरु पीडामा होलान् तर सुजैनमा भने सम्बन्ध टुट्नाले कुनै फरक परेको छैन । उनी सम्बन्धविच्छेदपछिका दिनहरु मस्तीमा बिताइरहेकी छन् ।
केही दिनअघि मुम्बईको एक नाइट क्लबमा सुजैन आफ्नो भाइ जायज खान र बुहारी मलाइकाको साथमा पुग्दा पार्टीमा सहभागी आश्चर्यचकित भएका थिए । सम्बन्धबिच्छेद भएको महिना दिन पनि नपुग्दै सुजैन यसरी पार्टीमा मस्ती गर्न पुग्छिन् भन्ने कसैले कल्पना पनि गरेका थिएनन् ।
उता ऋतिक भने सुजैनसँग अलग भएपछि अहिले पनि धेरै तनाबमा रहने गरेका छन् । पार्टीमै पुगेका एकजनाले सुजैनलाई यति चाँडै मस्तीको मुड कसरी आयो भनि सोध्दा उनले भनेकी थिइन्, ‘म एकदम ठीक छु र सोचे भन्दा बढी खुसी छु ।’
नाइट क्लबको पार्टीमा पुगेकी सुुजैनले ऋतिकलाई छोडेपछि आफू खुसी रहेको बताइनन् मात्र डान्सफ्लोरमा झरेर मस्ती गर्न पनि भ्याइन् । सुजैन भाइबुहारीसँग अबेर रातसम्म बसेर पार्टीमा रमाएकी थिइन् । पार्टीका पारखीले यसअघि पनि सुजैनलाई रात्रि पार्टीमा देखेका थिए ।
(अनलाइनखबर डटकम)

Post a Comment