बलिउड नायिका सोनाक्षी सिन्हाको पारिश्रमिकले आकाश छुदै छ । चलचित्रमा आइटम नृत्य गरेवापत नै सोनाक्षी महंगो पारिश्रमिक लिइरहेकी छिन् । यसअघि उनले ‘बोस’ चलचित्रको एक गीतमा आइटम नृत्य गरेकी थिइन् ।
यसैबिच उनले आफ्नो नयाँ चलचित्र ‘तेवर’को लागि एक आइटम नृत्य गरेकी छिन् । यो आइटम नृत्यमा सोनाक्षीले ७५ लाखको पहिरन लगाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । चलचित्रमा अभिनय र आइटम नृत्य गरेवापत सोनाक्षीले साढे २ करोड लिएको बताइन्छ ।
साजिद वाजिदको संगीतमा तयार भएको यो गीतलाई रेमो डिसुजाले नृत्य निर्देशन गरका हुन् । बोनी कपूरले सोनाक्षीको यो आइटम नृत्यलाई उनको सबैभन्दा उत्कृष्ट नृत्य भनेका छन् । यो सिनेमामा अर्जुन कपुर र मनोज वाजपेयीको पनि अभिनय छ । फिल्मको निर्देशन अमित शर्माले गरिरहेका छन् ।अनलाइनखबर डटकम

Post a Comment