मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Thursday, February 6, 2014

‘टाइगर द रियल हिरो’को निर्माण सुटुक्क सकियो

घोषणा गर्दा एक निर्माता भएतापनि सुटिङ भने अर्कै निर्माताको नामबाट सकिएको छ । राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘टाइगर द रियल हिरो’को छायांकन २३ दिनमा सकिएको हो ।
सिनेमाको घोषणा मात्र गर्ने निर्माण भने नगर्ने भनेर आरोप भोग्दै आएका निर्देशक गिरीले काठमाण्डौ वरपर छायांकन गरेरै सिनेमा सकेका हुन् । अशोक फूयाँल, सुरज रानाभाट, शुभेच्छा थापा, समिक्षा अर्याललगायतका कलाकारले अभिनय गरेको यो सिनेमालाई गिरीले छोरीको नामबाट लगानी गरेका छन् ।
वितरक र भीसीडी राइट्सबाट आएको रकमले सिनेमा सकेको गिरीको भनाइ छ । रोशन श्रेष्ठको द्न्द्, मुकेश हुमागाइँको छायांकन, रामजी लामिछानेको नृत्य, अर्जुन पोख्रेलको छायांकन रहेको यो सिनेमा पूर्णतया द्न्द्प्रधान छ ।(अनलाइनखबर डटकम) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang