अमृत अधिकारी-पाल्पा, २३ माघ । रातीको समयमा सवारी चलाउँदा चालक निदाएका कारण पाल्पामा भएको सवारी दुर्घटनामा मृत्यू हुने १४ जना मध्ये ८ जनाको सनाखत भएको छ । पोखराबाट भैरहवाकालागि बुधबार साँझ ८ बजे छुटेको लु १ ख ४९२४ नम्बरको रात्रि बस सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानी गाविस–२ भालुखोला नजिकै बिहिबार बिहान २ : ३० बजे दुर्घटना हुँदा १४ जनाको मृत्यू भएको थियो भने अन्य ७ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर मृत्यूहुनेमा गाडी मालिक भिमगिठे बुतिर्बाङ बागलुङका २८ वर्षिया मोहन केसी, चालक पाल्पा मुझुङका ३३ बर्षिय रामबहादुर रानामगर, गुल्मी सिमिचौर ६ का दिलबहादुर बस्नेत, भरतपोखरी १ कास्कीका बुद्धिबहादुर बिक, मोरबाङ ९ रुकुमका ३८ बर्षिय राजबहादुर गुरुङको, पर्वत ठुलीपोखरीका बाबुराम आचार्य, मोरङ बिराटनगरका ४९ बर्र्षिय गोपाल ढकाल र बर्दिया मगरागढी ९ का २१ वर्षिया विराटसिंह ठकुरी रहेका छन् ।
दुर्घटनामा परी दुई महिला सहित सात जना घाईते भएका छन् । घाईतेहरु चार जनाको मिशन अस्पतालमा र ३ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जनाएको छ । धाइते हुनेहरुमा चिन्नेबास–७, घर भई हाल पोखरा रामबजारमा बस्ने वर्ष २७ का तुलबहादुर राना, बर्दिया मंगलागढी–९ की ३९ वर्षिया कमला ठकुरी (गम्भिर), रुकुम मरावाङग–८ बस्ने वर्ष ४३ का नरबहादुर बुढाथोकी र वाग्लुङग भकुण्डे–६ बस्ने वर्र्ष २४ का सूर्यबहादुर खत्री, स्याङजा पुतली बजार नगरपालिका–२ बस्ने १९ वर्ष दिपक कुँवर, बर्दिया मंगलागढी–९ बस्ने २७ वर्र्षकी चन्दा ओली र रुपन्देही बुटवल–६ बस्ने २४ वर्र्षका प्रदिप केशरी (गम्भिर) गरी ७ जनाको उपचार भइरहेका छ ।
दुर्घटनामा मृत्यू भएका अन्य ७ जनाको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १२ जनाको घटनास्थलमा र अरु दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । धाइते ७ जना मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख शिव कुमार श्रेष्ठका अनुसार बस सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको छ भने दुर्घटनामा घाइते ७ जनाको उद्दार गरि तानसेनको मिसन अस्पताल र प्रभासको लुम्विनी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले धाइते तथा मृतकको उद्दार गरेका छन् । माथीबाट ठूलो भिर र खोला भएका कारण डोरी लगाएर खोलामा जानु पर्दा उद्दारमा समस्या भएको थियो । प्रहरीका अनुसार रातीको समय भएकाले चालक निदाएर वा मदिरा सेवन गरेर बसलाई नियन्त्रण गर्न नसक्दा विपरित दिशाको प्याराफिट भत्काएर बस ५ सय मिटर तल झरेर दुर्घटना भएको हो ।(कारोबार डेली)

Post a Comment