मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Wednesday, February 12, 2014

चीनको ‘सेक्स सिटी’मा पुलिस हमला, टीभीमा देखियो बेश्याको बिजोग

चीनमा वेश्वावृत्ति गैरकानूनी छ तर, त्यहाँ बेश्याबृत्ति खुलेआम हुने गरेको छ । डोङगुओन शहर ‘सेक्स सिटी’ नाममा चर्चित छ । ठूला होटल, मनोरञ्जन केन्द्र र हेल्थ क्लवहरुमा पनि खुलेआम धन्दा हुने गरेको छ ।
यो ‘ओपन सेक्रेट’प्रति आँखा चिम्लिरहेको चिनियाँ प्रशासनले हालै सेक्स सिटीमा अपरेशन थालेको छ । ६ हजार बढि पुलिस तैनाथीमा त्यहाँ सयौं होटल तथा स्पामा छापा मार्दा आपत्तिजनक अबस्थामा जोडीहरु पक्राउ परे ।
सरकारी टीभीले सेक्सका लागि युवतीसँग मोलमोलाइ गरेको फुटेज नै प्रशारण गरेपछि प्रहरीले छापा मारेर वेश्यावृत्ति र्‍याकेटको भण्डाफोर गरेको छ । बेश्याबृत्तिका बिषयमा यसरी टेलिभिजनमा चर्चा गरिएको पाइदैन् ।
डोग्गुओन प्रहरीले शेनपिङ्ग काउन्टीको स्पा सेन्टरमा छापा मारेर ६७ जनालाई पक्राउ परेको चाइना डेलीले समाचार छापेको छ । यस मामिलामा प्रहरीका दुई अधिकारी पनि निलम्बनमा परेका छन् । ग्वाङडोङ प्रान्तका कम्युनिष्ट पार्टीका प्रमुखले सेक्स र्‍याकेट खतम गर्न सवैको सहयोग अपेक्षा गरेको प्रतिक्रिया दिएका छन् ।
प्रहरी कारबाहीका क्रममा भेटिएका बेश्याहरुको हुल टीभीमा देखाइएको थियो । कतिपय अर्धनग्न अबस्थामा देखिएका थिए । चीनमा ५० देखि ६० लाख सेक्स वर्कर्स रहेको अनुमान छ ।अनलाइनखबर डटकम









Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang