ॠतु सिनेमालाई अष्ट्रेलियाको सबै भन्दा ठुलो मल्टिप्लेक्स चेन रहेको इभेन्ट्स सिनेमाजको गोल्ड क्लासमा देखाइने भएको छ । ७ मार्चमा रिलिज हुने लागेको यस् सिनेमालाई सिड्नीमा बस्ने एनआरएनहरुलाई ६ मार्चमा २ वटा बिशेष भिआईपी प्री-शो गर्न लागिएको हो।
यसअघि कुनै पनि नेपाली सिनेमा गोल्ड क्लासमा देखाइएको छैन। अष्ट्रेलियाकै फिल्म मेकरहरु, कलाकारहरु र नेपालबाट झिकाइएका नायक नायिकाहरुले अभिनय गरेको ॠतुलाई अष्ट्रेलियामा बस्ने नेपाली समुदायले ठुलो महत्वका साथ हेरिरहेका छन् ।
ॠतुका अरु बाँकी शोहरु पनि इभेन्ट्स सिनेमामै गर्न लागिएको छ । ७ मार्चमा लोकल कलाकारहरु र मेकरहरुको सहभागीतामा बिशेष प्रिमियर शो पनि गर्न लागिएको छ ।
ॠतु मनोज अधिकारीद्वारा निर्देसित सिनेमा हो । जस्मा राजबल्लभ कोइराला, मलिना जोशी, रिमा बिश्वकर्मालगायतका कलाकारहरुको अभिनय रहेको छ।
(अनलाइनखबर डटकम)

Post a Comment