मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Thursday, February 6, 2014

प्रेमपत्र र उपहारसँगै भेटियो दुई युवतीको शव

कैलाली, २३ माघ – कैलालीको धनगढी नगरपालिका ४ को शिवपुरी सामुदायिक वनमा बिहीबार दुई युवतीको शव भेटिएको छ ।
कञ्चनपुर परासनकी २१ वर्षीया पूर्णीमा बानियाँ र कमला ओझाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।
कमलाको शव रुखमा झुण्डिएको र पूर्णीमाको शव भुईंमा ढलेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
उनीहरुको शव नजिकै प्रेमपत्र र उपहार पनि प्रहरीले फेला पारेको छ । पूर्णीमाको शव नजिकै सल्फास नामक विषादी पनि आधा भाँडो भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको र हत्या र आत्महत्या के हो भन्ने विषय अनुसनधानपछि मात्रै खुल्ने प्रहरी उपरीक्षक मोहन जोशीले बताए ।(कथमन्डु टुडे) 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang