’बीग बोस सिजन ७’ को घर भित्र नै एकअर्काको जोडी बनेका अर्मान कोहली र तनिषा मुखर्जीको प्रेम झनै फक्रिएको छ । यो सिजन सकिएको केही महिना भैसकेको छ । तर अर्मान र तनिषाले एकअर्काको साथ जीवनभर नछोड्ने छनक देखाएका छन् ।
यसैबिच यो जोडीको प्रेम दिवस ग्रीसमा मनाउने योजना भने पुरा नहुने भएको छ । अर्मानको घुडामा चोट लागेपछि उनलाई हिड्न अप्ठ्यारो परेको छ । अर्मानले आफूहरुले अब मुम्बइमा नै प्रेम दिवस मनाउने बताएका छन् ।अनलाइनखबर डटकम

Post a Comment