मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Tuesday, February 4, 2014

साकिरा र रिहन्ना सँगै (भिडियो)


एजेन्सी- कोलम्बियन पपस्टार साकिराले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। अर्की पपगायिका रिहन्नासँग मिलेर उनले 'कान्ट रिमेम्बर टु फर्गेट यु'शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
बिहीबार सार्वजनिक गरिएको उक्त भिडियो एक घन्टामै २० लाखले हेरेका थिए। आइतबारसम्म उक्त भिडियो तीन करोड ९४ लाखले हेरिसकेका छन्।
मागिया एल्बमबाट गायन यात्रा सुरु गरेकी साकिराले 'वेन एभर वेन एभर, हिप्स डन्ट लाइ, सि वल्फ, सेल इल सोल'जस्ता एल्बम निकालिसकेकी छन्।
२०१० मा दक्षिण अफ्रिकामा भएको फुटबल वर्ल्ड कपको 'थीम' गीत पनि सकिराले गाएकी थिइन्।

साकिरा गर्भवति भएपछि गायन यात्राबाट टाँढिएकी थिइन्। छोराको जन्म दिएकी उनले लामो समयपछि रिहन्नासँग मिलेर यो गीत गाएकी हुन्।(नागरिक न्युज डटकम)

भिडियो हेर्नुस्:



Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang