मुख्य समाचार

विचार-ब्लग

स्वास्थ्य

राजनीति

Wednesday, February 12, 2014

भ्यालेन्टाइनमा पल र प्रकृतिको ईन्गेजमेन्ट(भिडियो)



 उनी भिडियोमा नै केही नयाँ गर्न चाहन्छन् । भिडियो निर्देशक नितिन चन्दले रेखा शाहको ‘नजिक छौ’ बोलको गीतलाई दृश्यमा उतारेपछि चर्चा बटुले ।
उनै निर्देशक नितिनले ‘पूणिर्मा १’ को सफलता पश्चात ‘पूणिर्मा २’ को भिडियो तयार पारेका छन् । ‘पूणिर्माको चन्द्रमा’लाई बोलको गीतमा ‘हन्नी बन्नी’ भिडियोका सफल जोडी पल शाह र प्रकृती श्रेष्ठले अभिनय गरेका छन् ।
गीतमा लोकेश गुरुङको आवाज छ । लोकेशले यो भिडियोको सार्वजनिक अमेरिकामा प्रेम दिवसको दिनमा गर्ने तयारी गरेका छन् । अमेरिकामा आयोजना हुन लागेको ‘मज्जाको नाइट’ नामक कार्यक्रमबाट गीत सार्वजनिक हुनेछ ।
नितिन चन्दको नै छायांकन रहेको भिडियोलाई मोडल पल शाहले सम्पादन गरेका हुन् । यो भिडियोमा पल र प्रकृतीको प्रेमभावलाई देखाइएको छ । मायामा परेका पल र प्रकृतीले ईन्गेजमेन्ट गरेको भिडियोमा देख्न सकिनेछ । अहिले भिडियोको टिजर मात्र सार्वजनिक गरिएको छ ।अनलाइनखबर डटकम 

Post a Comment

 
Copyright © 2013 Nuwakot Online Chautari तपाईंको सल्लाह, सुझाव तथा जानकारीको लागि ईमेल ठेगाना : tamangdhan@live.com
Designed By:D.B. Tamang